ग्लोबल आइएमई बैंकको नयाँ शाखा तनहूँको दुलेगौडामा

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंक लिमिटेडले बिहिबारदेखि तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको बैंकले जनाएको छ ।


सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको कुरा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

ग्लोबल आइएमई बैंकले ७२ वटा जिल्लामा फैलिएको २६३ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x