ललितपुर महानगरपालिकाले अपाङगतामैत्री ट्याक्सी प्रयोगमा ल्याउने

ज्ञानमाण्डू।ललितपुर महानगरपालिकाले अपाङ्गतामैत्री ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउने भएको छ । महानगरपालिकाले सोमबार स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानबीच त्रिपक्षीय सम्झौता गरी अपाङ्गता भएका व्यक्तिलाई हिँडडुलमा सहज पुर्याउन उक्त ट्याक्सी प्रयोगमा ल्याउन लागेको हो ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गरी उनीहरुको हितमा हाललाई एउटा ट्याक्सी अर्थात् क्याब प्रयोगमा ल्याउन लागेको बताए । प्रमुख महर्जनले भने , “अन्य किसिमको सवारी साधनमा अपाङ्गता भएका व्यक्तिलाई यात्रा गर्न धेरै असहज भइरहेको हुँदा हामीले एउटा क्याब महानगरपालिकाभित्र प्रयोगमा ल्याउन लागेका हौ  ।” यस ट्याक्सीमा ह्विलचेयरसहित चढ्न सकिने महर्जनको भनाइ छ । 

सो ट्याक्सीमा चारवटा ह्विलचियरमा बसेका अपाङ्गता भएका व्यक्ति र उनीहरुको सहयोगीसमेत अट्ने क्षमताको रहेको छ । महानगरपालिकाले यसको सञ्चालनका लागि आवश्यक चालक, तेल, ट्याक्सी मर्मत र सवारी करको खर्च सबै आफैले तिर्ने बताइएको छ । 

स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले यसलाई कसरी र कहाँ सञ्चालन गर्ने भन्ने कुराको निर्णय गर्नेछ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सो क्याब खरिदका लागि महानगरपालिकाले रु २० लाख, केन्द्र ललितपुरले रु तीन लाख र केन्द्र इरुका जापानले रु १५ लाख खर्च गर्ने सम्झौता गरेको जानकारी दिए । कोइरालाले भने , “सम्भवतः यो मुलुकमा भित्रिएको पहिलो तथा नमूना किसिमको ट्याक्सी हुनेछ ।” कोइरालाका अनुसार सम्झौतापत्रमा प्रमुख महर्र्जनसहित केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले हस्ताक्षर  गरेका छन्  । उक्त कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनसहित अधिकृत कोइराला, केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठ र महासचिव कृष्ण गौतमको उपस्थिति थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x