ग्लोबल आइएमई बैंकको बड्डीचौर एक्सटेन्सन काउण्टर सञ्चालनमा

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेडले सुर्खेतको बड्डीचौरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. ५, बड्डीचौरमा बैंकिङ्ग सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउण्टर सुरु गरेको जनाएकाे छ ।
कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्न तत्पर ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७० वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३३ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २०१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना १९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेकोछ ।

Global IME Bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x