धितोपत्र बजारमा ४४.८० अङ्ककाे गिरावट, नेप्से २०८८.१६ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ८० अंकले घटेर २०८८ दशमलव १६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ९९ अंकले घटेर ३९८ दशमलव ३९ को विन्दुमा पुगेको छ ।


आज कूल २२२ कम्पनीहरूका ८७ लाख ४० हजार ५५१ कित्ता शेयर रु ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहहरू घटेका छन् । बैंकिङ उपसमूह २५ दशमलव २८ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ५० दशमलव ५७ अङ्कले, होटल तथा पर्यटन उपसमूह ७८.८७ अङ्कले, विकास बैंक उपसमूह ११४.४१ अङ्कले, जलविद्युत उपसमूह ४८.३१ अङ्कले, वित्त उपसमूह ५२.३४ अङ्कले, निर्जीवन बीमा १०३.५१ अङ्कले, उत्पादन उपसमूह ९४.१६ अङ्कले, अन्य उपसमूह ५७.४९ अङ्कले, लघुवित्त उपसमूह ११०.४९ अङ्कले, जीवन बीमा उपसमूह १३३.७१ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव १९ अङ्कले र लगानी उपसमूह १ दशमलव ७७ अङ्कले घटेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x