प्रभु बैङ्क र काठमाडौँ महानगरपालिका बिच सहरी सौन्दर्यीकरण सम्बन्धी सम्झौता

ज्ञानमाण्डू। प्रभु बैङ्क लिमिटेड र काठमाडौँ महानगरपालिका बिच मिति २०७६ चैत्र ४ गते काठमाडौँ महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तिनधारा संस्कृत पाठशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैँचा र फाउन्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने/रेखदेख गर्ने सो को सञ्चालन तथा सहरी सौन्दर्यीकरण कामका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर श्री विद्या सुन्दर शाक्यको समुपस्थितीमा प्रभु बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन तथा काठमाडौँ महानगरपालिकाका तर्फ बाट सहसचिव श्री राजेश्वर ज्ञवालीले उक्त सम्झौता पत्रमा एक समारोहका बिच हस्ताक्षर  गरेका छन् ।

नेपाल भरिमा २०८ शाखा सञ्जाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैङ्किङ सेवा तथा १५८ एटिएम रहेको प्रभु बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्य गर्न लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x