नेपाल क्रेडिट एण्ड कमर्स बैङ्कको नाफामा २१.४२ प्रतिशतकाे वृद्धि

Nepal Credit and Commerce Bank Limited

ज्ञानमाण्डू। नेपाल क्रेडिट एण्ड कमर्स बैङ्कको नाफा २१.४२ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ५४ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैंकले १ अर्ब ८७ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

११ अर्ब १३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैङ्कले १ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ८४ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ४७ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३२.१६ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ४७ कराेड रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.९३ प्रतिशत र प्रतिशेयर आम्दानी १८ रुपैयाँ १५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा र पछिल्लाे काराेबार मूल्य रू २११ काे आधारमा मूल्य आम्दानी अनुपात ११.६२ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x