कोटामा मुख्यमन्त्री नमूना कृषि गाउँ स्थापना

ज्ञानमाण्डू।तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ स्थापना गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा नमुना कृषि गाउँ स्थापना गर्ने सरकारको लक्ष्यबमोजिम कोटामा नमुना कृषि गाउँ स्थापना गरिएको हो । देवघाट गाउँपालिकालाई प्राङ्गारिक कृषि उपज गाउँपालिका घोषणाको लागि सबै पहल भइरहेको अवस्थामा मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ स्थापनाले यसलाई सहयोग पुर्‍याएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । 

चौतारी कृषि सहकारी संस्थामार्फत सञ्चालन गरिने उक्त कार्यक्रममा कोटाका ६५ घरधुरी कृषक आबद्ध छन् । प्राङ्गारिक ताजा तरकारी उत्पादन गर्ने मुख्य लक्ष्य रहेको कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले रु २५ लाख अनुदान उपलब्ध गराएको छ । यसै गरी रु पाँच लाख समुदायको सहभागिता रहेको देवघाट गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिएका छन् । 

प्रदेश सरकारले गत आर्थिक वर्षमा जिल्लाका चार गाउँलाई मुख्यमन्त्री वातावरण मैत्री नमुना गाउँ घोषणा गरेको थियो । तनहुँको भानु नगरपालिका–११ को बाँसखर्क, भीमाद नगरपालिका–९ को पाथर्दी, शुक्लागण्डकी नगरपालिका–९ र १२ को भाटडाँडा र लिलाचोक र आँबुखैरेनी गाउँपालिका–४ को भाँगेमा मुख्यमन्त्री नमुना कृषि गाउँका कार्यक्रम सञ्चालन गरिएको छ ।

नमुना गाउँको रूपमा छनोट भएका गाउँका ५० घरधुरीबाट एक/एक जना सदस्य रहने गरी कृषि सहकारी वा समूहमार्फत त्यहाँको मौसम तथा हावापानी सुहाउने गरी पशुपालन, तरकारी खेती, कुखुरा, माछा तथा अन्य खाद्य तथा नगदेबाली उत्पादन गरिएको छ । छनोट भएका प्रत्येक गाउँलाई पहिलो वर्ष रु ३० लाखका दरले अनुदान उपलब्ध गराउने र चौथो वर्षसम्म प्रत्येक वर्ष रु ५० प्रतिशत रकम घटाउँदै लगेर त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । 

भीमाद नगरपालिका–९ स्थित मुख्यमन्त्री वातावरण मैत्री नमुना गाउँका अध्यक्ष डोलराज गुरुङले कार्यक्रममार्फत घाँसको बिरुवा वितरण, बाख्रा वितरण, खोर सुधारलगायतका काम गरिएको जानकारी दिए । साथै कृषि जन्य सामग्री सुन्तला, तरकारी, अदुवालगायत सुरक्षितरुपमा राख्नका लागि दश टन क्षमताको चिस्यान केन्द्र पनि निर्माण गरिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x