दुग्ध उद्योगमा युवाको लगानी बढ्दै

ज्ञानमाण्डू।इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामक डेरी उद्योग स्थापना गरे । विद्यार्थी राजनीतिमा सक्रिय खत्रीले सुरुमा रु एक लाख ५० हजारको लागतमा स्थापना गर्नुभएको उद्योगमा हाल रु एक करोड ३० लाख लगानी भइसकेको छ । 

स्थापनाका समयमा करिब १०० लिटरसम्म दूध प्रशोधन गर्न थाल्नुभएका खत्रीले हाल दैनिक एक हजार ६०० लिटर दूध सङ्कलन र प्रशोधन गरिरहेका छन्  । “दूध थपिएसँगै लगानीसमेत बढेको छ”, उनको भनाइ छ । खत्री हाल जिल्लामा नै क्रियाशील युवा व्यापारीमा गनिन थालिनुभएको छ । युवा अवस्थामा नै उहाँले राम्रो मेहनतसँगै प्रतिफलसमेत हात पारिरहेका छन् ।

मासिक दुई हजार किलो माथि छुर्पी र एक हजार ८०० किलो घ्यू उत्पादन हुने गरेको उनले बताए । त्यस्तै बम्मैसन, ललिपपलगायतका परिकारसमेत उत्पादन हुने उनले बताएका छन् । व्यवसायी खत्रीले अन्य साना ३० भन्दा बढी डेरी उद्योगबाट उत्पादित घ्यू र छुर्पी खरिद गर्ने गरेका छन् । खत्रीले आफ्नो उद्योगमा प्रत्यक्षरुपमा २१ जनालाई रोजगारीसमेत दिलाउँदै आएका छन् । भने अप्रतक्षरुपमा १४० जनाले रोजगारी पाएका छन् । 

इलाम दुुध उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित छ । यहाँ धेरै डेरी उद्योगसमेत सञ्चालनमा छन् । उमेरले कलिलै भए पनि यहाँ प्रायजसो युवाको आकर्षण बढ्दै गएको छ । सानो लगानीमा स्वरोजगार हुने माध्यम बनेपछि डेरी उद्योगमा वर्षेनी युवाको लगानी थपिँदै गएको हो । देउमाई नगरपालिका–४ का अशेष बुढाथोकीले विदेशबाट फर्किएर डेरी उद्योग स्थापना गरेका छन्  । तल्लो बुधवारेमा उनले गजुरमुखी दर्शन डेरी उद्योग सञ्चालन  गर्दै आएका छन्  । 

विसं. २०७४ मा स्थापना गरिएको डेरीमा सुरुमा रु ३० लाख लगानी भएको उनले बताए । बुढाथोकीको उद्योगमा हाल रु ६० लाख माथि लगानी भइसकेको छ । उनले करिब २५० किसानले उत्पादन गरेको दूध सङ्कलन गर्ने गरेका छन् । दैनिक करिब ७०० लिटर बढी दूध सङ्कलन भइरहेको उनले बताएका छन् । ‘कहिले धेरै कहिले थोरै यस्तै हो दूध सङ्कलन ।’ उनको भनाइ छ। किसानका गाई भैँसी लैनो हुँदा धेरै र बमेर्नो भए पनि कम दूध सङ्कलन हुने उनले जनाए । त्यसबाट मासिक एक हजार ५०० किलो छुर्पी र सोही हाराहारीमा घ्यू उत्पादन हुने गरेको उनले बताए । 

सो उद्योगमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन्छ भने घ्यू नेपाली बजारमा नै बिक्री हुँदै आएको छ । उनको डेरी उद्योगमा १५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । हाल इलाममा ५५० डेरी उद्योग सञ्चालनमा रहेका घरेलु तथा साना उद्योग शाखा कार्यालयले जनाएको छ । विशेष गरेर वैदेशिक रोजगारीबाट फर्किएका युवाले व्यवसाय गर्न थालेकाले इलाममा डेरी उद्योगमा लगानी बढेको बताइएको छ । समग्र जिल्लामा दर्ता भएका डेरी उद्योग युवाकै नाममा दर्ता भएका पाइएका छन् । 
आर्थिक वर्ष २०७५/७६ मा ९१ डेरी उद्योग दर्ता भएका थिए । ती उद्योगमा रु ११ करोड २७ लाख १६ हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी युवराज घोर्साइँले बताए । एउटा डेरी उद्योगमा रु एक लाख ५० हजारदेखि रु एक करोड ५० लाखसम्म लगानी हुने गरेको छ । सबैभन्दा बढी देउमाई नगरपालिकामा १०४ डेरी उद्योग सञ्चालनमा छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x