‘भाषा संस्कृतिको रक्षा गर्नु अबको चुनौती’

ज्ञानमाण्डू।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भाषा, संस्कृति एवं विभिन्न जातजातिका वेशभूषाको संरक्षण गर्नु अबको चुनौती रहेको बताएका छन् । नेपाल मगर सङ्घद्वारा वीरेन्द्रनगर नगरपालिका– ९ मा निर्माण हुने मगर सांस्कृतिक सङ्ग्रहालयको आज शिलान्यास गर्दै उनले आयातित संस्कृतिको नक्कल नगरी सबै नेपालीले आ–आफ्नो जातजातिको वेशभूषाको प्रयोग गर्नुपर्ने बताए । 

मुख्यमन्त्री शाहीले मुलुकको सामाजिक, राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । राजनीतिक आन्दोलन समाप्त भएको भन्दै उनले अब आफ्नो समुदायको पहिचान रक्षा गर्नतर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गरे । “मगर संस्कृतिको रक्षा अरू कुनै जाति र समुदायले गर्दैनन्, तपाईँहरू आफैले गर्ने हो, मगर भाषा लोप हुन थालेको छ”, उनले भने, “भाषा लिपि तयार गर्नुस्, छोराछोरीलाई पढाउनुस्, आफ्नो भाषाप्रति गौरव गर्नुस् ।” 

बजेट अभावकै कारण सङ्ग्रहालय निर्माणमा अवरोध नहुने उनको भनाइ थियो । “बहुउद्देश्यीय प्रकृतिको दीर्घकालीन संरचना बनाउनुस्, प्रदेश सरकारले बजेट अभाव हुन दिँदैन”, मुख्यमन्त्री शाहीले भने । मगर सङ्घका संस्थापक अध्यक्ष अनरी क्याप्टेन जहरसिंह थापाले निःशुल्क दान गर्नुभएको दुई कट्ठा जग्गामा रु तीन करोड ६८ लाख ६८ हजार लागतमा सङ्ग्रहालय निर्माण सुरु गरिएको छ । 

निर्माण समितिका संयोजक आशुराम सोमैमगरले प्रदेश सरकारले रु ७५ लाख, सुर्खेतका सांसद नवराज रावतले रु १० लाख र मगर समुदायबाट चन्दा सहयोग गरी करिब रु एक करोड ५० लाख सङ्कलन भएको बताए । विद्युतीय भर्याङसहितको पाँच तले भवनमा प्रादेशिक मगर सङ्ग्रहालय, पार्टी प्यालेस, पुस्तकालय, मगर सङ्घको प्रशासनिक भवन, सङ्घअन्तर्गतका भातृ संस्थाका कार्यालय, बुद्ध पूजा कक्ष र सभा हल रहनेछन् । भवन परिसरमा जग्गा दाता जहरसिंह थापाको अर्ध कदको प्रतिमा राखिनेछ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x