रामपुरमा एम्बुलेन्स सेवा थप

ज्ञानमाण्डू।केही एम्बुलेन्सले नियमित सेवा दिइरहेको रामपुरमा पुनः एम्बुलेन्स थप भएको छ । रामपुरबाट तानसेन, बुटवल, पोखरा तथा नारायणगढसम्म बिरामीलाई अत्यावश्यकीय सेवाका लागि पुर्‍याउन एम्बुलेन्स पर्याप्त भएका बेला कालीगण्डकी फाउण्डेशन नेपालले एम्बुलेन्स सेवा सुरु गरेको छ ।

पाल्पाको पूर्वी भेगका जनतालाई स्वास्थ्य सेवामा सहजता प्रदान गर्न भारतीय दूतावासबाट प्राप्त नागरिकको सेवामा संस्थाले एम्बुलेन्स उपलब्ध गराउनु प्रशंसा योग्य काम भएको रामपुर नगरपालिका–५ का ज्येष्ठ सदस्य फनकुमारी पोखरेलले बताएका छन् । उनले स्वास्थ्य सेवाका लागि बाहिर जान रामपुरका केही एम्बुलेन्सले मात्रै अपुग भएको भन्दै थप सेवा हुनेमा जोड दिए । 

एम्बुलेन्सबाट नगरपालिकाको छोटो दुरीका लागि र गरिब विपन्न परिवारका निम्ति निःशुल्क सेवा प्रदान गरिने कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष नीलकण्ठ भण्डारीले बताए । भण्डारीले रामपुर नगरपालिका क्षेत्रमा यसअघि तीन एम्बुलेन्सले सेवा दिँदा कतिपय अति आवश्यक परेको बेलामा पर्याप्त नभएको भन्दै संस्थाले एम्बुलेन्स सेवा थप गरेको जानकारी दिए । 

पाल्पा जिल्लाको रामपुर नगरपालिकासँगै निस्दी गाउँपालिका पूर्वखोला गाउँपालिका स्याङ्जा, तनहुँ र नवलपरासी जिल्लाको समेत पायक पर्ने रामपुर नगरपालिकामा स्वास्थ्य सेवा लिन आउने नागरिकलाई सिफारिस गर्नुपर्ने अवस्थामा एम्बुलेन्सबाट आवश्यकताअनुसार सेवा प्रवाह हुन नसकेको अवस्थामा एम्बुलेन्स प्रदान गर्नु राम्रो भएको प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालको धारणा छ । 

राम्रो र सहज स्वास्थ्य सेवाका लागि संरचना निर्माण सम्पन्न नभएको अवस्थामा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन र विकट भेगका नागरिकलाई सहज सेवा दिन नसकिरहेको बेला एम्बुलेन्स उपलब्ध हुनु राम्रो भएको खनालको भनाइ छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x