खानेपानीबाट छ हजार घरधुरी लाभान्वित हुँदै

ज्ञानमाण्डू।भानु नगरपालिका वडा नं ७ ,८ र ९ लाई लक्ष्य गरी खाने पानी वितरण गर्ने उद्देश्यले मर्स्याङ्दी लिफ्टिङ खाने पानी आयोजनाको निर्माण तीव्र गतिमा भएको छ । उक्त वडामा पानीको स्रोत नभएपछि बस्तीदेखि करिब तीन किलोमिटर दुरीमा पर्ने मर्स्याङ्दी नदी किनारबाट पानी तान्न लागिएको हो । 

आयोजना सम्पन्न भएपछि तीन वडाका करिब छ हजार घरधुरीका मानिस प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ । आयोजनाको काम सुरु भएसँगै स्थानीयवासी खुसी हुन थालेका छन् । चितुवाबाट प्रभावित उक्त नगरपालिकाका बासिन्दा साँझ बिहान घरदेखि टाढा पुगेर कुवा र खोलाको पानी ल्याउनुपर्ने बाध्यताका कारण त्रसित हुँदै आएका छन् । 

समुद्री सतहबाट करिब दश हजार ३० मिटर उचाइमा अवस्थित गढीमाई मन्दिरसम्म पानी तानी लैजाने योजनानुरुप निर्माण अघि बढाइएको नगरपालिका–८ का वडाध्यक्ष भरतराज ढकालले जानकारी दिए । 

नदी किनारमा करिब दश मिटर गहिरो इनार खनेर पानी निकालेपछि डेढ लाख लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरी तीन ट्याङ्कीमार्फत प्रशोधन गरेर खाने पानी वितरण गरिने योजना रहेको बताइएको छ । गाउँघरमा खान पानीको धारा नहुँदा स्थानीयवासी खोला र इनारको पानी प्रयोग गर्न बाध्य छन् । उक्त तीन वडामा खान पानीको समस्यालाई दिगो रूपमा समाधान गर्न गण्डकी प्रदेश सरकारबाट मर्स्याङ्दी लिफ्टिङ खाने पानी आयोजनाका लागि रु २२ करोड विनियोजन भएको छ । चालु आव २०७६/०७७ मा उक्त खाने पानी आयोजनाका लागि रु चार करोड पहिलो चरणमा विनियोजन भएसँगै निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ । 

नगरपालिका–९ का वडाध्यक्ष रामकृष्ण देवकोटाले घर नजिक पानीको स्रोत नहुँदा वडाको तेरतेर गाउँका बासिन्दालाई झन्डै एक घण्टा पैदल हिँडेर एक गाग्री पानी ल्याउनुपर्ने अवस्था रहेको बताए । आयोजना सम्पन्न भएपछि नगरपालिकाका तीन वडाका बासिन्दालाई खाने पानी सहज हुने विश्वास गरिएको नगर प्रमुख उदराज गौलीले जनाए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x