भ्रमण वर्ष: एक रुपैयाँमा पर्यटकलाई बास !

ज्ञानमाण्डू।नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटेल एसोसिएसनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् । 

सन् २०१९ को अन्तिम दिन मङ्गलवार होटेल ‘बुक’ गर्न पुगेका पहिलो (सेवाग्राही) पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरिएको हो । विदेशी पर्यटकले आफ्नो देशमा फर्किएपछि नेपाल भ्रमण वर्ष सन् २०२० को राम्रो प्रचार गरुन् भनेर यस्तो कार्यक्रम ल्याइएको होटेल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले बताए । उनका अनुसार पहिलो पटक इलाम बजारमा जापानी पर्यटक युकिड मितामुरा एक रुपैयाँमा बास बसेका छन् । चियाबारी कटेजले मितामुरालाई एक रुपैयाँमा नै बास बसाउनुका साथै बेलुका र आज बिहानको खाना खुवाएको छ । 

होटेल व्यवसायी सङ्घ इलामले भ्रमण वर्षलाई लक्षित गरी अघि सारेको योजनाअनुसार इलामको चियाबारी कटेजसहित ग्रिन भ्यु होटेल, समिट होटेल, हाम्रो पोख्रेली होटेल र ग्रिन सिटी गेस्ट हाउसमा पाँच जना पर्यटकलाई भाग्यमानी पर्यटकको रूपमा लिँदै सो सुविधा प्रधान गरिएको थियो । उनीहरूलाई स्वागतसहित प्रमाणपत्र वितरण गरी इलामको पर्यटन सद्भावदूतका रूपमा घोषणासमेत गरिएको छ ।

होटेल व्यवसायी तथा चियाबारी कटेजका प्रोपाइटर थेवा तामाङले होटेल व्यवसायीको नाताले विदेशी पर्यटकलाई आफूले स्वागत गर्न पाएकामा खुसी व्यक्त गरे । विदेशी पर्यटकले समेत आश्चर्यमा पर्दै इलामसहित नेपालको प्रचार गर्ने बताएका छन् । भ्रमण वर्षलाई सफल बनाउन इलामबाट काठमाडौँ चल्ने सुभेक्षा ट्राभल्सले आजदेखि सात दिनसम्म काठमाडौँबाट इलाम भित्रिने एक जना पर्यटकलाई निःशुल्क ल्याउने व्यवस्था गरेको छ । 

नेपाल भ्रमण वर्ष सुरु भएको पहिलो दिन उद्घाटनसहित विभिन्न कार्यक्रम भएका छन् । इलाम चोक बजारमा विद्यार्थी, नेपाल प्रहरी, नेपाली सेनालगायत जिल्लावासीले ¥यालीसहित इलाम चोक बजारमा कोणसभा गर्दै पर्यटकलाई निम्तो दिइएको छ । 
कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सुन्दर जिल्ला इलाममा भित्रिने पर्यटकले मनोरञ्जनका साथै धेरै ज्ञानवर्धक कुरा पाउने बताए । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, पर्यटक व्यवसायी, उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतले मन्तव्य राख्दै नेपाल भ्रमणको निम्तो बाँडेका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x