जोखिम हटाउन ‘विद्युतीय कोड’ निर्माण शुरु हुने

ज्ञानमाण्डू।चट्याङ तथा आगलागीको जोखिम हटाउन भवनमा ‘विद्युतीय कोड’ निर्माण सुरु हुने भएको छ । 

वैशाखमा त्यस्तो कोड ल्याउने गरी तयारी सुरु भएको चट्टयाङविद डा.श्रीराम पौडेलले जानकारी दिए । ‘विद्युतीय कोड’मा चट्याङसम्बन्धी कोड पनि जोडिने छ । सो कोडबारे स्थानीय सरकारलाई जानकारी दिएर विभिन्न कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ । “चट्याङको जोखिम हटाउनका लागि ठुलो लगानी आवश्यक पर्दैन, भवनमा ‘विद्युतीय कोड’को पहलले पनि ठुलो काम गर्छ”, डा. पौडेलले थपे ।

चट्याङविद् डा पौडेलले भवनमा ‘ विद्युतीय कोड’ भए चट्याङको जोखिम घट्ने उल्लेख गर्दै ६० प्रतिशतभन्दा बढी घटना ‘विद्युत् सर्ट’ का कारण हुने औँल्याए । चट्याङको दृष्टिकोणले नेपाल तेस्रो जोखिमयुक्त स्थानमा रहेको बताइएको छ । 

उनले विद्युतीय संहिता निर्माण गरेर चट्याङ तथा आगलागीका घटना हुन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै भवनको कोडलाई ‘ विद्युतीय कोड’मा जोड्न सकिने उल्लेख गरे । 

घर निर्माण गर्दा नक्सा पास गरे जस्तै वायरिङमा पनि नक्सा पास अनिवार्य भएको र त्यसले घरको वायरिङ प्रणालीलाई व्यवस्थित गर्ने बताइएको छ । चट्याङका कारण नेपालका ४० प्रतिशत जङ्गलमा आगलागी हुने गरेको छ । 

चट्याङविद् डा पौडेलले प्रदेश नं ५ पनि चट्याङको जोखिममा रहेको औँल्याए । नेपालको सबैभन्दा बढी चट्याङ झापा र चुरे क्षेत्रमा पर्ने गरेको बताइएको छ । विसं २०६८ देखि ०७५ सम्म चट्याङका कारण ११० जनाको मृत्यु भएको थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x