अझै नौ स्वास्थ्य चौकी पुनःनिर्माण गर्न बाँकी

ज्ञानमाण्डू।चितवनमा पुनः निर्माणको काम हालसम्म ६८ प्रतिशत पुरा भएको छ । कूल लाभग्राही सात हजार ४६० घरधुरीमध्ये चार हजार ५९५ ले तेस्रो किस्ताको रकम बुझेको प्राधिकरण जिल्ला कार्यान्वयन एकाइले जानकारी दिएको छ । कार्यालयका अनुसार अझै ६७३ को सम्झौता हुन सकेको छैन । 

यस वर्ष जिल्लामा ७४५ घरको पुनः निर्माण जारी रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइका इन्जिनियर सुजन नेपालले जानकारी दिए । उहाँका अनुसार पहिलो किस्ता छ हजार ७८४, दोस्रो किस्ता पाँच हजार ५४० र तेस्रो किस्ताबापत चार हजार ५९५ घरधुरीले रकम बुझिसकेका छन् । 

भरतपुर महानगरपालिका ४२९, रत्न नगर नगरपालिकामा ४५५, खैरेनी नगरपालिकामा ३८३, राप्ती नगरपालिकामा एक हजार ५०, कालिका नगरपालिकामा ४९४, माडी नगरपालिकामा २२ र इच्छा कामना गाउँपालिकामा एक हजार ७६२ घर निर्माण सम्पन्न भएका छन् । भूकम्पले सबैभन्दा धेरै इच्छा कामना गाउँपालिकामा प्रभावित पारेको थियो । त्यहाँ दुई हजार ४६४ घर भत्किएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

लाभग्राहीलाई तेस्रो किस्तावपत रकम लिइसक्नुपर्ने समय सीमा विसं २०७७ असार मसान्तसम्म तोकिएको छ । तर, बस्ती स्तान्तरण, सडक, दक्ष डकर्मीको अभाव र ऐलानी जग्गाका कारण पुनः निर्माणको काममा केही अवरोध भएको कार्यालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । उहाँका अनुसार, जिल्लामा १०१ बस्ती असुरक्षित रहेका छन् । त्यसमध्ये ६२ घरधुरीलाई सुरक्षित बस्तीका लागि जग्गा उपलब्ध गराइएको छ । 

पहिचान भएका एक हजार १९८ भूमिहीन लाभग्राहीमध्ये ऐलानी जग्गामा बसोबास गर्ने एक हजार ११० लाई सोही स्थानमा घर बनाउने अनुमति दिइएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्ला कोटीले बताए । जग्गा व्यवस्थापन गर्न बाँकी आठ लाभग्राहीलाई अन्यत्र घडेरी किन्न प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । 

पुनः निर्माण कार्यालयले सांस्कृतिक सम्पदामा क्षति पु¥याएका ३० सम्पदाको पुनर्निर्माण गरेको छ । ५३ क्षतिमध्ये ३० सम्पदाको काम सम्पन्न गरेको हो । अहिले एक सम्पदाको पुनः निर्माण भइरहेको छ । २२ वटा निर्माण गर्न बाँकी रहेको कार्यालय प्रमुख कार्कीले जानकारी दिए । ५५ गुम्बाको पुनः निर्माण गर्ने भनिए पनि अहिलेसम्म सम्झौता हुन सकेको छैन । 

भूकम्पले भत्किएका खुर खुरे–समिटारे–ठकुरीभञ्ज्याङ सडक र बकुलर–जुटपानी–सिद्धि सडकको ३३ किलोमिटर पुनः निर्माण भइरहेको छ । त्यसअन्तर्गत खारखुरेबाट ठकुरी भन्ज्याङ सडकको ९८ प्रतिशत र बकुलरबाट सिद्धिसम्मको ६३ काम भएको जनाइएको छ । 

क्षति भएका १० स्वास्थयचौकीमध्ये एउटा मात्र पुनः निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का इन्जिनियर सुभाष न्यौपानेले जानकारी दिए । उनका अनुसार छ भवनको पुनः निर्माण जारी छ भने पुनः निर्माण हुन तीन वटा बाँकी छ । पुनः निर्माण भइरहेकामध्ये स्वास्थ्य चौकी भवन निर्माणका काम ५० प्रतिशत पुगेको छ । 

चार वर्षको अवधिमा ५२ विद्यालयको पुनः निर्माण भएको छ । ३२० विद्यालय पुनः निर्माण गर्नुपर्ने छ । त्यसमध्ये एक हजार २८० कक्षाकोठा निर्माण गर्नुपर्ने राष्ट्रिय पुनः निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इन्जिनियर सरोज श्रेष्ठले जनाए । अहिलेसम्म १६१ कक्षाकोठा मात्र सम्पन्न भएको उनले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x