मेचीनगरमा अन्तरराष्ट्रिय महोत्सवको तयारी पूरा

ज्ञानमाण्डू।झापाको मेचीनगरमा बुधवारदेखि सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । हङकङ बजारको रूपमा बहुचर्चित धुलाबारी बजारको बिजनेस पार्कमा सञ्चालन हुने महोत्सवमा नेपाल, भारत र बङ्गलादेशका २०० कक्ष रहने आयोजक संस्था मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिएका छन् । 

निर्यातमूलक स्वदेशी कृषि वस्तुको व्यापारिक प्रवर्द्धनका लागि स्टलमा प्राथमिकता दिइएको महोत्सवमा सबै प्रकारका व्यापारिक र औद्योगिक उत्पादनको प्रदर्शनी हुने र पर्यटन प्रवर्द्धनका लागि समेत गतिविधि सञ्चालन गरिने अध्यक्ष तिम्सिनाले जानकारी दिए । 

महोत्सवले निर्यात जन्य स्वदेशी कृषि वस्तुको व्यापार र नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखिएको जनाउँदै मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेतीले नगरको समृद्धिका लागि महोत्सव कोशे ढुङ्गा बन्ने बताइन् । 

पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा इलामको सन्दकपुर र जौवारिमा उत्पादित बहुमूल्य केशरको कक्षसमेत राखिने भएको छ । सन्दकपुर–५ जौबारीस्थित जौबारी मल्टिपरपोज एग्रिकल्चर एन्ड इन्भाइरोेमेन्ट सेन्टरले गत वर्षदेखि इलाममा व्यावसायिक केशर खेती गरिरहेको छ । केशरको प्रवर्द्धन र व्यावसायिक सम्भावनाको पहिचान गर्न अन्तर्राष्ट्रिय महोत्सवमा केशरको छुट्टै प्रदर्शनी कक्ष राखिने संस्थाका अध्यक्ष वीरबहादुर कटुवालले जानकारी दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x