कक्षा १२ को परीक्षाफल सार्वजनिक

NEB grade 12 result 2076

ज्ञानमाण्डूराष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज (सोमवार) सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको थियो । गत १५ वैशाखदेखि २६ सम्म सञ्चालन गरिएको माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज सोमवार प्रकाशित भएको छ ।

बोर्डले यस वर्ष सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गरेको छ। विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग-अलग समयमा प्रकाशन गर्ने गरेको थियो ।बोर्डले कक्षा १२ को नतिजा जी .पी .ए का आधारमा प्रकाशन गर्दै आएको छ ।

गत वैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा ४ लाख २८ हजार ६७ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ २९२१५३, ग्रेडबृद्धि तर्फ ७८७४४ र आंशिक तर्फ ५७१७० परीक्षार्थी सहभागी थिए । यस वर्ष सातै प्रदेशबाट नियमिततर्फ देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा साधारण तथा प्राविधिक विषय समूहका परीक्षा भएका थिए ।

यस वर्षको परीक्षामा ३.६ देखि ४ जिपिएसम्म ल्याउने ३ हजार ६७ जना, ३.२ देखि ३.६ जिपिएसम्म ल्याउने १६ हजार २ सय ४ जना, २.८ देखि ३.२ जिपिएसम्म ल्याउने ३१ हजार ६२ जना, २.४ देखि २.८ जिपिएसम्म ५६ हजार ५ सय ३ जना, २ देखि २.४ जिपिएसम्म ८६ हजार २ सय २७ जना रहेका छन् । त्यस्तै १.६ देखि २ जिपिएसम्म ल्याउने ६२ हजार ६ सय ९० जना, १.२ जिपिएदेखि १.६ जिपिएसम्म ल्याउने परीक्षर्थीको सङ्ख्या १९ हजार ५ सय ८५ जना, ०.८ देखी १.२ ल्याउने ३ हजार ५ सय २४ जना तथा शून्य देखी ०.८ ल्याउने १३ हजार ३ सय ६२ जना रहेका छन् ।

How to see NEB Grade 12 Result 2076? विद्यार्थीहरूले परिणामहरू प्रकाशित हुने बित्तिकै आफ्नो एनईबी ग्रेड परीक्षा परिणामहरू सजिलै प्राप्त गर्न सक्नेछन् । प्रकाशित नतिजा हेर्नका लागि तल दिएका लिङ्कमा क्लिक गर्नु होस्:

-राष्ट्रिय परिक्षा बोर्ड

-नेपाल टेलिकम

-edusanjal

तथा विभिन्न SMS र IVR मार्फत माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को  नतिजा हेर्न सक्नेछन् |

SMS मार्फत कक्षा १२ परीक्षाको नतिजा हेर्न :
Type NEB <space> SymbolNumber and Send SMS to 35001
Type NEB <space> SymbolNumber and Send SMS to 1601
Type NEB <space> SymbolNumber and Send SMS to 1600

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x