होटल व्यवसायी महासङ्घको अध्यक्षमा शाह

ज्ञानमाण्डू।सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न होटेल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले हीराध्वज शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बुटवलका होटेल व्यवसायी शाहको नेतृत्वमा ७३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

निर्वाचन समितिका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके, प्रथम उपाध्यक्ष (पर्यटनतर्फ) जनकबहादुर शाही, द्वितीय उपाध्यक्ष (सङ्गठनतर्फ) केपी शर्मा, उपाध्यक्ष (महिलातर्फ) मिनादेवी गौतम, उपाध्यक्ष विश्वराज खनाल, इच्छाबहादुर वाग्ले (प्रशासनतर्फ) र इमान्द बराल चयन भएका छन् । 

त्यस्तै महासचिवमा वीर मन्जन बटाला, उपमहासचिवमा शेरबहादुर थापा, कोषाध्यक्षमा तिलकबहादुर कार्की, कोषाध्यक्ष मोदनाथ बेल्वासे, सचिवहरूमा दीर्घ मान गुरुङ, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, तुलसीराम भण्डारी, राजु अधिकारी र गणेशबहादुर खड्का रहेका छन् । 

नवनिर्वाचित अध्यक्ष शाहले व्यवसायको हकहितका लागि होटेल व्यवसायीको एकता जरुरी रहेको औँल्याए । शाहले होटेल व्यवसायीले दोहोरो कर तिर्नुपर्ने बाध्यता आफूले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x