एमबाप्पेको दुई गोलमा पीएसजीको सानदार जित

ज्ञानमाण्डू।फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित सेन्ट इटिनेमाथि पीएसजीले जीत दर्ता गर्न सफल भएको छ । पीएसजीले घरेलु टोली सेन्ट इटिनेमाथि ४–० को प्रभावशाली जित हात पारेको हो ।

खेलको १०औं मिनेटमा लियान्द्रो ड्यानिल पारेडेसले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउन सफल भएका थिए । २५औं मिनेटमा घरेलु टोलीका जिन एहोलोउले रातो कार्ड पाए पश्चात् सेन्ट इटिने १० खेलाडीमा समेटिएको थियो । घरेलु टोलीको कमजोरीको फाइदा उठाउँदै प्रतिस्पर्धी टोलीका केलियन एमबाप्पेले खेलको ४३औं मिनेटमा पीएसजीका लागि दोस्रो गोल गर्दै पहिलो हाफ अघि २-० को अग्रता दिलाए ।

दोस्रो हाफको ६३औं मिनेटमा नेयमार पेनाल्टीमा चुकेता पनि ७२औं मिनेटमा मोउरो इकार्डीले गोल गरेपछि पीएसजी खेलमा ३–० ले अघि बढ्न सफल भएको हो ।त्यस्तै, ८९औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४–० को प्रभावशाली जित दिलाए ।

जितसँगै पीएसजीले १७ खेलबाट ४२ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ भने पराजित इटिनेको २५ अङ्कसहित ११औं स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x