१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक उद्घाटन आज

ज्ञानमाण्डू।दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दै छिन् ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजेदेखि समारोह सुरु हुनेछ । करिब ३ घण्टा चल्ने उद्घाटन कार्यक्रममा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्ग निर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
झन्डै ७ हजार मानिस सहभागी गराउने उद्देश्य रहेको उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुनेछन् । सरकारले १३औँ साग प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा गरिसकेको छ । प्रतियोगितामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम सम्पन्न भइसकेको छ । 

प्रतियोगिताका खेलहरू काठमाडौँ सहित पोखरा र जनकपुरमा सञ्चालन हुनेछन् । जनकपुरमा कुस्ती लगायत पोखरामा ८ अन्य खेल साथै काठमाडौँमा १९ विभिन्न खेलहरू सञ्चालन हुनेछन् । १३ औ सागमा २७ खेल समावेश गर्ने भनिए पनि प्याराग्लाईडिङको सहभागी सङ्ख्या नपुगेपछि प्रतियोगिता २६ भिन्ना भिन्नै खेलमा समेटिएको हो ।

सागमा ७ देशका ३ हजार बढी खेलाडीले ३ सय १७ स्वर्ण ३ सय १७ रजत र ४ सय ८१ कांस्यका लागि प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशका २ हजार बढी अफिसियल खटिने सागको प्राविधिक समितिले जनाएको छ ।

सन् १९८४ मा पहिलो पटक सागको आयोजना गरेको नेपालले, सन् १९९९ मा आठौँ संस्करणको आयोजना गर्ने मौका पनि पाएको थियो । यसै सँगै, नेपालले यो तेस्रो पटक सागको आयोजना गर्ने जिम्मेवारी पाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x