एनएमबि बैंककाे नाफा ४८.०६ प्रतिशतले वृद्धि, खुद ब्याज आम्दानी १ अर्ब २२ करोड

ज्ञानमाण्डू। ओम डेभलपमेन्ट बैंकलाई गाभेकाे एनएमबि बैंकको नाफा ४८.०६ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ५५ करोड ५ लाख नाफा कमाएको थियो भने अहिले ८१ करोड ५१ लाख नाफा कमाएको देखिन्छ । 

११ अर्ब ५२ कराेड ९७ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि बैंकले १ खर्ब २१ अर्ब ९१ करोड २६ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी  खर्ब १० अर्ब ३१ करोड ३५ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) ६ अर्ब ९५ कराेड ९० लाख ८ हजार रुपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २५.३४ प्रतिशतले वृद्धि भएर १ अर्ब २२ करोड ३६ लाख ५४ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात १.९७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २८ रुपैयाँ २८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ ४० पैसा छ र मूल्य आम्दानी अनुपात १३.५१ गुणा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x