ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डबाट पुनः जुनसुकै POS मेशिन मार्फत कारोबार गर्न मिल्ने

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल (POS) मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ । यस सँगै बैंकको डेबिट (Debit), क्रेडिट (Credit) तथा प्रिपेड (Prepaid) कार्ड वाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल (POS) मेशिनहरुबाट कारोबार गर्न सकिने छ ।
  
यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ । 
बैंक यसबाट सम्पूर्ण ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छ र बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु पनि यथाशीघ्र सुचारु गराउन प्रतिबद्ध रहेको छ । 

बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल (POS) मेशिनहरु रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x