विश्वकप क्रिकेटमा न्युजिल्यान्डद्वारा दक्षिण अफ्रिका चार विकेटले पराजित

ज्ञानमाण्डू।जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गरेको छ । बुधबार भएको खेलामा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले पराजित  गर्दै न्युजिल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भ्नने  यता हारसँगै दक्षिण अफ्रिकाको विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना भने लगभग सकिएको छ ।
वर्षाको कारण ४९ ओभरमा छोट्याएको खेलमा दक्षिण अफ्रिकाले दिएको २४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४८.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्न सफल रह्यो ।

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले अविजित रहदै ९ चौका र १ छक्कासहित १०३ रनको शतकीय इनिङ्स खेले । योसंगै कप्तान केन विलियम्सनले विश्वकपमा आफ्नो पहिलो शतक बनाउन सफल भए ।यस्तै कोलिन डी ग्राण्डहोमे ६० रनको अर्धशतकीय इनिङ्स खेले । मार्टिन गुप्टिलले ३५ तथा जेम्स निशमले २३ रन बनाउन सफल रहे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका क्रिस मोरिसले ३ विकेट लिए । कागिसो रबाडा,लुन्गी निडी र एन्डिलो फहवकुलोको नाममा समान १ विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङका लागि चयन भएको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेट गुमाएर २४१ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि भान डेर डुसनले अविजित रहँदै ६७ तथा हसिम अमलाको ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । त्यस्तै एडिन मार्क्रमलको ३८, डेभिड मिल्लरलको ३६ तथा कप्तान फाफ डु प्लेसिसको २३ रनको  योगदान रह्यो ।

बलिङतर्फ न्युजिल्यान्डका लागि ल्योकी फ्ग्र्युसनले ३ विकेट लिए । टेन्ट्र बोल्ट,कोलिन डी ग्राण्डहोम र मिचेल सास्टनरले समान १ विकेट हात पारे ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको न्युजिल्यान्डले ५ खेलबाट ९ अङ्क जोडेको छ । अपराजित न्युजिल्यान्डको चौंथो जित हो । दक्षिण अफ्रिकाको यो चौथो हार हो । ६ खेल खेलेको दक्षिण अफ्रिकाको ३ अङ्क रहेको छ । दक्षिण अफ्रिका लिगको पुछारबाट आठौं स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x