सीपीएल टी-ट्वान्टी क्रिकेट को ड्राफ्ट आज, नेपालका चार जना युवा खेलाडी पनि समावेश

ज्ञानमाण्डू।वेष्ट इन्डिजको फ्रेन्चाइज क्यारेबियन प्रिमियर लिग (सीपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको ड्राफ्ट आज लण्डनमा आयोजना हुँदैछ ।सीपीएलले आगामी सिजनको क्रिकेटको ड्राफ्ट गर्न लागेको हो । नेपाली समयअनुसार ड्राफ्ट राति ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । सीपीएलमा विश्वभरिका राष्ट्रबाट ५३६ बिदेशी खेलाडीले स्थान बनाएका छन्
योपटकको ड्राफ्टमा नेपालका चार जना युवा खेलाडी पनि समावेश छन् । ड्राफ्टमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने सहित ब्याट्सम्यान रोहित कुमार पौडेल,तीब्र गतिका बलर सोमपाल कामी र अलराउण्डर दीपेन्द्रसिंह ऐरी छन् ।

दोस्रो पटक ड्राफ्टमा परेका विश्वचर्चित नेपालका युवा खेलाडी सन्दीप ड्राफ्टबाट क्लबमा अनुबन्धित हुने निश्चित छ । उनले गत सिजनको सीपीएल सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए ।सन्दिपले गत सिजन सीपीएलमा ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।सन्दीपमाथि आज ड्राफ्टमा सबै टिमको नजर हुनेछन् ।


नेपालका लागि अन्य तीन युवा खेलाडी पहिलो पटक सीपीएल ड्राफ्टमा परेका हुन् ।नेपालको लागि अर्को छलाङ हुने दीपेन्द्र, सोमपाल र रोहितकुमार पौडेल प्रतिभावान खेलाडी हुन् ।यि तीन खेलाडीको सीपीएल टिममा पर्ने राम्रो सम्भावना रहेको छ । कुन क्लबले लिन्छ ? त्यो भने ड्राफ्टबाटै थाहा हुनेछ ।यस संस्करणको सीपीएल आगमी जुलाई ११ देखी अगष्ट १६ सम्म हुनेछ । जसमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x