आज सम्म कायम शेयरधनीले लुम्बिनी जनरल इन्स्याेरेन्सकाे लाभांश पाउने


ज्ञानमाण्डू। लुम्बिनीजनरल इन्स्याेरेन्स लिमिटेडले यही असार २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार १५ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा असार १४ गतेसम्म (आज सम्म) कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा मृतभोग क्याटरिङ्ग कालिकास्थान, डिल्लीबजार काठमाडौँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७८/०७९ को लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले तोक्ने छ। कम्पनीले हाल कायम चुक्ता पुजीँकाे ९.५ प्रतिशत बाेनश शेयर र ०.५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको विषयलाई पनि दर्साउने छ।

त्यसै गरी संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरुको निर्वाचन पनि साेही सभाले पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x