क्यान्सर सम्बन्धी जनचेतनामा ग्लोबल आइएमई बैंकको साथ

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । 
काठमाडौंको बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतनामूलक कार्यक्रममा उक्त कलेजमा अध्ययनरत पाँच सय जना विद्मार्थी र शिक्षकहरु उपस्थित रहेका थिए । 
उक्त जनचेतनामूलक कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोकथामका उपायबारे स्पष्ट पार्नुभएको थियो ।  
यसका साथै सोही कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडसँग हातेमालो गरी नेपाल प्रहरीले साइबर क्राइमको बारेमा प्रस्तु्ती दिएको थियो । 

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x