व्यावसायिक आइडिया भए लगानीको समस्या छैन: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताउनुभएको छ ।

शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताउनुभयो ।


"यदि तपाई सँग आइडिया छ, तपाई आमजनताको लागि काम गर्नुहुन्छ र इमानदारीसाथ काम गर्नुहुन्छ भनेतपाईलाई लगानीको समस्या हुँदैन । बैंक तथा वित्तीय सस्थाहरु र लगानीकर्ताहरू तपाईलाई लगानी गर्न तयार हुन्छन् । अहिले भलै बैंकमा तरलताको समस्या देखिएको छ । तर मलाई लाग्छ यो समस्या लामो रहँदैन । बिस्तारै सहज हुँदै जान्छ," उहाँले बताउनुभयो ।

मूल्यवृद्धि र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायीहरू मारमा परेको उहाँले बताउनुभयो ।

अहिले निजी क्षेत्रले उठाएको एजेन्डाहरू निजी क्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रको सुधारको लागि रहेको बताउँदै उहाँले निजी क्षेत्रका एजेन्डा भन्दै बेवास्ता गर्दै जाने हो भने यसको परिणाम सबै नेपालीले भोग्नुपर्ने बताउनुभयो।

उहाँले सरकारी संयन्त्रबिच एक आपसमा समन्वयको कमी रहेको यसको मार निजीक्षेत्रले खेप्नुपरेको बताउनुभयो ।

रेमिटेन्स, बैंकिङ तथा पर्यटन क्षेत्रको आफ्नो व्यावसायिक सफलताको उदाहरण दिँदै ढकालले राज्यको प्राथमिकता र आम जनताको सेवासँग जोडिएको कुनै पनि व्यवसाय सजिलै सफल हुने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x