बिजबजारद्वारा अम्बिका माध्यमिक विद्यालयमा गिटहब (Github) सँग सम्बन्धित तालिम सम्पन्न

जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले माघ १५ गते पोखरा-२५ हेम्जा स्थित श्री अम्बिका माध्यमिक विद्यालयमा गिटहब (Github) सँग सम्बन्धित एक दिने तालिम सञ्चालन गरेको छ । बिहान ११:३० देखि ३:३० सम्म सञ्चालन भएको सो कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका सहभागिता रहेको कम्पनीले बताएको छ ।

गिटहब (Github) सँग सँगै उक्त कार्यक्रममा ई–कमर्स प्लेटफर्म बिजबजार, बिजबजारको विशेषताहरू र बिजबजारले प्रदान गर्ने रोमाञ्चक र आकर्षक योजनाहरूकाे विस्तृत जानकारी का साथै साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न कसरि बिजबजारले काम गरिरहेकाे छ भन्ने बारेमा पनि बताइएको थियो । 

उक्त तालिममा सहभागी विद्यार्थीहरूले कार्यक्रम फलदायी रहेको र आगामी दिनहरूमा यस्तै कार्यक्रमहरू सञ्चालनमा निरन्तरता दिन आग्रह गरेका छन्। 

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।
 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x