दुई दिने स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागिता

काठमाडौँमा शुक्रवार र शनिवार आयोजना भएको स्टार्टअप एण्ड आइडिया फेस्ट तथा स्टिम क्याम्प सम्पन्न भएको छ । असोज १९ र २० गते थापागाउँस्थित बानेश्वर बैंक्वटमा सञ्चालन भएको दुई दिने फेस्ट अवलोकनकर्ताको उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो ।

लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भएको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहेको थियो ।

फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । प्रदर्शनीमा नेपाली युवाले तयार पारेका एआई, ब्लकचेन, मेसिन लर्निङ, ईभी, सफ्टवेयर तथा हार्डवेयर सोलुसन लगायतका स्टार्टअप इनोभेसन र आइडिया राखिएको थियो ।

देशैभरका नयाँ नयाँ स्टार्टअप, इनोभेसन हेर्न अवलोकनकर्ताको उत्साहजनक सहभागिता थियो । २ दिन सम्म चलेको फेस्ट १२ हजार बढीले अवलोकन गरेको छन् ।

आइसिटी अवार्ड २०२३ को प्रि-इभेन्ट क्याम्पियनको रूपमा भएको स्टार्टअप एण्ड आइडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाड अफ चेन्जमेकर्सको सहकार्य रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आइडिया, इनोभेसन तथा प्रडक्टको प्रदर्शनी, आइडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर तथा गेम रहेका थिए ।

फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आइसिटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, १३ विद्यार्थी इनोभेसन र १४ प्रडक्टहरूले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरू प्रदर्शनीमा रहेका थिए ।

कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रिडी प्रिन्टिङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरूलाई पनि प्रदर्शनीमा राखेको थियो ।

कार्यक्रममा अवलोकनकर्ताले आई सिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १४ प्रडक्ट र १३ राइजिङ स्टार इन्नोभेसनलाई भोट गर्न सकिने व्यवस्था गरिएको थियो । कार्यक्रमको अन्तिम दिन सहभागी भएका सातै प्रदेशका स्टार्टअप, एक्जिबिटर, मेन्टर, आइसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टलाई सहभागिताको सम्मान पत्र समेत वितरण गरिएको थियो ।

नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौँ संस्करणमा यस पटक विभिन्न १३ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको थियो । हाल आइसिटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ ।

यस पटक आई सिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक-एक स्टार्टअपलाई प्रोभिन्सियल रिकग्निसन आइसिटी अवार्ड समेत प्रदान गरिने छ ।

आइसिटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ६ गते द सोल्टी काठमाडौँमा आयोजना हुनेछ । स्टार्टअप एण्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुनेछन् ।

कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमका रूपमा टेलिभिजन सिरिजहरू पनि प्रसारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x