बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफूलमा पन्ध्र प्रतिशत छुट

विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधवार र शनिवार  तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट अफर अन्तर्गत ग्राहकहरूले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रु. १ सय ५० सम्म छुट प्राप्त गर्न सक्ने सो कम्पनीले जानकारी दिएको छ ।


स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैङ्क तथा वित्तीय संस्थाका ग्राहकहरूले बीग मार्टको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने पनि सोही कम्पनीले बताएको छ ।

यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैङ्क, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x