बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आज १४ औँ वार्षिक साधारण सभा गर्दै



बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही फाल्गुन ०५ गते (आज) १४ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा वालटन बिस्ट्राे एण्ड बान्क्वेट, पानीपाेखरीमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व) २०७७/०७८ तथा  २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७७/०७८ तथा २०७८/०७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।


साथै सभाले यस कम्पनीको आफ्नो चुक्ता पुँजी र सञ्चित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि माघ १९ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा माघ १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x