मनकामना स्मार्ट लघुवित्तले आज पाँचौँ वार्षिक साधारण सभा गर्दै



मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १६ गते (आज) ५ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा हाेटल पौवा, सिद्धार्थनगर-६, रुपन्देहीमा दिउँसो १:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि महालेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने छ ।


सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले हुन आउने रकम रु. ६७ लाख ३२ हजार ९११ रुपैयाँ २५ पैसा बराबरको बोनस शेयर र ०.२५ प्रतिशतका दरले हुन आउने रकम रु. ३ लाख ५४ हजार ३६३ रुपैयाँ ७५ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव समेत पारित गर्ने छ ।

सभाले सो वित्तीय संस्थाले अन्य इजाजतप्राप्त "घ" वर्गका लघुवित्त संस्थाहरूलाई गाभ्ने, गाभिने तथा प्राप्ति गर्न वा अन्य लघुवित्त संस्थासँग गाभिनका लागि उपयुक्त देखिएमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरू गर्न गराउन तथा सो सम्बन्धी आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र १ गते देखि चैत्र १६ गतेसम्मको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा फाल्गुन ३० गते सम्म कायम शेयरधनीहरुले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x