स्वास्थ्य, मनोरञ्जन र तीर्थस्थल भ्रमण सेवा सहित वुवा केयर संस्था सञ्चालनमा

मिति २०८० साल वैशाख १ गते देखि नेपालमा वुवा केयर. कम  नामक संस्थाको सुरुवात भएको छ । विशेष गरी ५५ वर्ष देखि माथि उमेर समूहका मानिसहरूलाई लक्षित गरी वुवा केयर.कम ले स्वास्थ्य, मनोरञ्जन तथा नेपाल तथा भारतका प्रमुख तीर्थस्थल दर्शन गराउने र उक्त उमेर समूहका मानिसहरूलाई शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थे बनाउने उद्देश्यले संस्थाको सुरुवात गरिएको उक्त संस्थाका अध्यक्ष श्री डा. अनाम प्याकुरेलले जानकारी गराउनुभएको छ । व्यस्त जीवन शैलीका कारणले पारिवारिक वुवा आमाहरूको सामाजिक जीवनलाई गुणस्तरीय बनाउनका लागि वुवाकेयर.कमले विशेष सहयोगी भूमिका खेल्ने विश्वास लिएको कम्पनीले जनाएको छ । 

क. स्वास्थ्य सेवा :

१. घरमै बसी बसी  सम्पूर्ण स्वास्थ्य समस्याहरूको पहिचान तथा निदानको लागि गुणस्तरीय तथा सर्वसुलभ रूपमा शारीरिक जाँचको व्यवस्था गराउने छ । 

२. आकस्मिक अवस्था तथा विशेषज्ञ डाक्टरको परामर्श अनलाइन तथा आवश्यक परेमा घरमै गएर समेत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य राखेको छ ।

३. डाक्टरका परामर्श पश्चात् आवश्यक पर्ने सम्पूर्ण औषधिहरूको घरमै डेलिभरीको व्यवस्था गरेको छ । 

ख. मनोरञ्जन :

१. वुवाकेयर.कमका सदस्यहरूको जन्मदिन, वैवाहिक वार्षिकोत्सव, तथा अन्य विशेष अवसरहरूको आयोजना गरी सामूहिक रूपमा सदस्यहरूमाझ मनाउने छ ।

२. विभिन्न पर्यटकीय क्षेत्रहरूको अवलोकन भ्रमणको व्यवस्था समेत प्रबन्ध गरी सदस्यहरूलाई घुमाउनेछ । 

ग. तीर्थस्थल भ्रमण :

१. वुवाकेयर.कमका सदस्यहरूलाई समय समयमा नेपाल तथा भारतका तिर्थस्थलहरुको दर्शन भ्रमणको व्यवस्था समेत प्रबन्ध गरी सदस्यहरूलाई घुमाउनेछ ।

यस प्रकार वुवाकेयर.कमले आफ्ना सदस्यहरूलाई आफ्ना सन्तानको व्यस्त दैनिकीका बाबजुद पनि शारीरिक,मानसिक तथा सामाजिकरुपमा सेवा प्रदान गरी स्वस्थे समाज निर्माण गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x