नेपाल फाईनान्स लिमिटेडकाे हकप्रद शेयर आज देखि निष्काशनमा


ज्ञानमाण्डू। नेपाल फाईनान्स लिमिटेडले हकप्रद शेयर जेष्ठ ६ (आज ) देखि निष्कासन गरेको छ। कम्पनीको हाल कायम चुक्ता पुँजी रु. ४५ करोड ३४ लाख ९६ हजार ३२५ को आधारमा १ बराबर शुन्य दशमलव ७० को अनुपातमा कम्पनीले हकप्रद शेयरकाे निष्कासन खुल्ला गरेको छ।

सो कम्पनीले प्रति शेयर रु.१०० अङ्कित दरकाे ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद साधारण शेयरकाे निष्कासन तथा विक्री खुल्ला गरेको छ।

सो कम्पनीको हकप्रद शेयरको निष्कासन बन्द हुने मिति जेष्ठ २६ रहेको छ।

नेपाल फाईनान्स लिमिटेडले हकप्रद शेयर प्रयोजनका लागि बैशाख २१ गते एक दिनका लागि बुक क्लाेज गरेको थियो। जसको अनुसार बैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। उक्त कम्पनीको हकप्रद शेयर खरिदका लागि प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डाैँ र तोकिएका अन्य कार्यालयहरूबाट आवेदन पेस गर्न सकिनेछ।

त्यसका साथ-साथै नेपाल फाईनान्स लिमिटेडको मुख्य शाखा कार्यालय तथा वित्तीय संस्थाको शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त कुनै बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन पेस गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x