धितोपत्र बजारमा १ अर्ब माथिको कारोबार, नेप्से १८८३.२० को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ८८ अङ्कले बढेर १८८३ दशमलव २० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव १४ अङ्कले बढेर ३५८ दशमलव ३३ को विन्दुमा पुगेको छ ।

आज कूल २७३ कम्पनीहरूका ४८ लाख २८ हजार ७७६ कित्ता शेयर रु. १ अर्ब ६० करोड ०४ लाख ९२ हजार ७३१ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह शून्य दशमलव ६६ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ९३.९७ अङ्कले, लगानी उपसमूह उपसमूह शून्य दशमलव २२ अङ्कले, जीवन बिमा उपसमूह ३७.५४ अङ्कले, लघुवित्त उपसमूह १९.५८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०२ अङ्कले, निर्जीवन बिमा २४५.३६ अङ्कले, अन्य उपसमूह ४.२७ अङ्कले र ट्रेडिङ उपसमूह ४३.५२ अङ्कले बढेका छन् । यता विकास बैङ्क उपसमूह ७ दशमलव ८८ अङ्कले घट्दा वित्त उपसमूह २ दशमलव ७९ अङ्कले, जलविद्युत उपसमूह ६.५१ अङ्कले र उत्पादन उपसमूह २७.४२ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x