आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ८ दशमलव १० अङ्कले बढेर १८९१ दशमलव ३१ को विन्दुमा कायम भएको छ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । यूनिलिभर नेपाल लिमिटेडका शेयरधनीहरुले ७.०१ प्रतिशत, गुडविल फाइनान्स लिमिटेडका शेयरधनीहरुले ६.२३ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ५.३६ प्रतिशत र माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ४.४४ प्रतिशतका दरले कमाएका छन् ।

यता, ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ७.३७ प्रतिशतले गुमाउँदा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड ३.६७ प्रतिशत, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड २.७० प्रतिशत, तेह्रथुम पावर कम्पनी लिमिटेड २.५३ प्रतिशत र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड २.४० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x