नेपाल टेलिकमको सेवा प्रयोग गरी एसईई परीक्षाको नतिजा प्राप्त गर्न सकिने



नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको नतिजा आईभीआर (IVR), एसएमएस (SMS) तथा वेबसाइटमार्फत प्राप्त गर्न सक्ने सो कम्पनीले बताएको छ ।

नतिजाका लागि नेपाल टेलिकमको ल्यान्ड लाइन वा मोबाइल फोन प्रयोग गर्न सक्ने सो कम्पनीले बताएको छ। यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सक्ने सो कम्पनीले जानकारी दिएको छ। १६०० मा डायल गर्दा प्रति कल करबाहेक जम्मा रु. २ मात्र महसुल लाग्ने सो कम्पनीले बताएको छ । दुई मिनेटको समयावधिलाई एक कल मानिने पनि सोही कम्पनीले बताएको छ ।

त्यसै गरी मोबाइलको म्यासेज बक्समा अङ्ग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सक्ने पनि सो कम्पनीले  जानकारी दिएको छ । उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिने छ । १६०० मा सन्देश पठाउँदा पनि प्रति सन्देश करबाहेक जम्मा रु. २ मात्र महसुल लाग्ने सो कम्पनीले बताएको छ । 

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्क सिट सहितको नतिजा प्राप्त गर्न सकिने छ ।

नतिजा प्रकाशित भएको केही समय पश्चात् यो सुविधा उपयोग गर्न सक्ने सो कम्पनीले जानकारी दिएको छ । यसबाट सम्पूर्ण विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x