एन आई सी एशिया बैङ्कद्वारा तीन कर्जा योजना सार्वजनिक

एन आई सी एशिया बैङ्क लिमिटेडले आफ्ना लाखौँ ग्राहकहरू समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरूको आवश्यकतालाई हर सम्भव पूरा गर्ने सोचका साथ बैङ्कले न्यूनतम रु. २५ लाखदेखि अधिकतम रु. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको बताएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको सो अठोट घर कर्जा ग्राहकहरूले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्ने सो कम्पनीले जानकारी दिएको छ । सो योजना अन्तर्गत ग्राहकहरूले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्ने सोही कम्पनीले बताएको छ । साथै, अन्य बैङ्क तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घर कर्जा सो बैङ्कको अठोट घर कर्जामा स्वाप: गर्न सक्ने व्यवस्था समेत बैङ्कले गरेको बताएको छ ।

बैङ्कले ग्राहकहरूको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम रु. २५ लाखदेखि अधिकतम रु. ५ करोडसम्म कर्जा उपलब्ध हुने जानकारी दिएको छ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको सो कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरेको सो कम्पनीले जानकारी दिएको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरूलाई लक्षित गरी ल्याएको सो कर्जा अन्तर्गत लगानीकर्ताहरूले सञ्चालित वा नयाँ व्यवसायहरूको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्ने सो कम्पनीले जानकारी दिएको छ ।

त्यसै गरी बैङ्कले ल्याएको न्यूनतम रु. ५० लाखदेखि अधिकतम रु. १२ करोडसम्मको अठोट शेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने सो कर्जामा १ वर्षको भुक्तानी अवधि ९वार्षिक रूपमा नवीकरण गर्न सक्ने सो कम्पनीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x