सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौँमा स्टार्टअप एण्ड आइडिया फेस्ट सुरु भएको छ । बानेश्वरको थापागाउँस्थित बानेश्वर बैंक्वयटमा दुई दिने स्टार्टअप एण्ड आइडिया फेस्ट सुरु भएको हो ।

लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भइरहेको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहेको छ ।

फेस्टको उद्घाटन सत्रमा प्रमुख अतिथिको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी विज्ञान प्रविधि सचिव प्रमीला देवी बज्राचार्यको उपस्थिति रहेको थियो ।

यस्तै विशिष्ट अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो भने अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्व सह-सचिव वीरेन्द्र मिश्र, स्क्वाइड अफ चेन्ज मेकर्सका सह-संस्थापक सुशील भट्टराई, आइसिटी विज्ञ हेमपाल श्रेष्ठ लगायतको स्टार्टअप तथा इन्नोभेसनमा रुचि राख्नेहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै लिभिङ विथ आइ सिटीका अध्यक्ष राजन लम्सालले देशैभरका स्टार्टअप तथा इन्नोभेसनलाई प्रवर्द्धन र प्रोत्साहन गर्न स्टार्टअप एण्ड आइडिया फेस्ट आयोजना गरेको बताउनुभयो ।

त्यसै गरी प्रमुख अतिथि विज्ञान तथा प्रविधि सचिव प्रमीला देवी बज्राचार्यले युवाहरूको स्टार्टअप तथा आइडियालाई प्रवर्द्धन गर्न फेस्ट महत्त्वपूर्ण प्लेटफर्म भएको बताउनुभयो ।

‘ब्रेड ड्रेन भइरहेको अवस्थामा देशभित्रै केही गर्न चाहने युवाका लागि स्टार्टअप एण्ड आइडिया फेस्ट राम्रो प्लेटफर्म हो,’ सचिव बज्राचार्यले भनिन्, ‘त्यस कारण सबैले फेस्ट अवलोकन गरेर देशमै केही गर्ने हुटहुटी बोकेका युवाहरूको उत्साह बढाउन आग्रह गर्दछु ।’

शुक्रवार र शनिवार सञ्चालन हुने फेस्ट बिहान ११ बजेदेखि ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने छ । कार्यक्रममा बिहानैदेखि स्कुल, कलेजका विद्यार्थीसँगै स्टार्टअप तथा इन्नोभेसनमा रुचि राख्ने युवाहरूको उत्साहजनक सहभागिता रहेको छ ।

आइसिटी अवार्ड २०२३ को प्रि इभेन्ट क्याम्पियनको रूपमा हुने स्टार्टअप एण्ड आइडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहेको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आइडिया, इनोभेसन तथा प्रडक्टको प्रदर्शनी, आइडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर, गेम र आकर्षक पुरस्कारको समेत व्यवस्था रहेको छ ।

सो बाहेक कार्यक्रममा स्याटेलाईट वर्कसप, एस्ट्रोनिमो वर्कसप, एभिसयन वर्कसप र रकेट साइन्स वर्कसप समेत सञ्चालन भइरहेको छ ।

फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आइसिटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरू प्रदर्शनीमा छन् ।

कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रिडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरूलाई पनि प्रदर्शनीमा राखेको छ ।

अवलोकनकर्ताले आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप र प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनलाई भोट पनि गर्न सक्नेछन् ।

नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौँ संस्करणमा यस पटक विभिन्न १३ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको थियो । हाल आइसिटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ ।

यस पटक आइसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक(एक स्टार्टअपलाई प्रोभिसियल रिकग्निसन अवार्ड समेत प्रदान गरिने छ ।

आइसिटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ६ गते द सोल्टी काठमाडौँमा आयोजना हुनेछ। स्टार्टअप एन्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुनेछन् ।

कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमका रूपमा टेलिभिजन सिरिजहरू पनि प्रसारण गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x