
स्थानीय बजारमा मङ्गलवार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ हजार ७०० रुपैयाँले बढ्दै २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ।
यस अघि सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा किनबेच भइरहेको थियो। एक दिनको यो वृद्धिले सुनको मूल्य फेरि नयाँ उच्चतर्फ उक्लिएको देखिएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मङ्गलवार चाँदी प्रतितोला ७० रुपैयाँले बढ्दै ५ हजार ८८० रुपैयाँमा पुगेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।
