
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर २६८३ दशमलव १५ को विन्दुमा कायम भएको छ। आज कूल ३२२ कम्पनीहरूका १ करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर रु. ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ५९ करोड २९ लाख ८ हजार ४११ बराबरको शेयर कारोबार भयो । त्यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको रु. ४१ करोड ४३ हजार ७१८ बराबरको शेयर कारोबार भएको छ ।
यता, युनियन हाइड्रोपावर लिमिटेडको रु. ३२ करोड २२ लाख २५ हजार २५७, पिपुल्स पावर लिमिटेडको रु. २५ करोड ७ लाख ७५ हजार ९१७ र बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको रु. २४ करोड ६९ लाख ६० हजार ७३९ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
