अभियान लघुवित्तले शतप्रतिशत हकप्रद शेयर ल्याउने

अभियान लघुवित्तले आज तेस्रो वार्षिक साधारण सभा गर्दै | Gyanmandu |  Achieving Excellence Together
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चुक्ता पुँजी बराबरको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ। असार ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वार्षिक साधारण सभामा उक्त प्रस्तावसहित अन्य विविध एजेन्डा पेस गर्ने निर्णय गरेको हो।

कम्पनीको साधारण सभा काभ्रेपलान्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजे आयोजना हुनेछ। प्रस्तावअनुसार हालको २५ करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा सोही बराबरको हकप्रद शेयर जारी गर्ने योजना रहेको छ। हकप्रद निष्कासन सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउने अधिकार सञ्चालक समितिलाई दिने विषय पनि सभाले अनुमोदन गर्नेछ।

यस वर्ष कम्पनीले शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णयसमेत गरेको छ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण स्वीकृत गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी निर्णय पनि हुनेछ।

त्यसै गरी, साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोज अनुसार असार १५ गतेसम्म नाम कायम रहेका शेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x