एभरेष्ट बैङ्कको लाभांश प्रस्ताव कहिले हुँदै छ पारित ? बुक क्लोज कहिले ?


ज्ञानमाण्डू।एभरेष्ट बैङ्क लिमिटेडले आगामी २०७८ साल पौष १ गते, बिहिबारका दिन २७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । बैङ्कको सो सभा बिहान ११:३० बजे पश्चात् बैङ्कको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौँमा आरम्भ हुने एभरेष्ट बैङ्क लिमिटेडले जानकारी दिएको छ। बैङ्कको मङ्सिर ८ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

विशेष प्रस्ताव तर्फ, सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ४.३२ प्रतिशत नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

अन्य विशेष प्रस्ताव तर्फ, एभरेष्ट बैङ्कले अन्य कुनै संस्थाहरूसँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने तथा प्रवन्धपत्र र नियमावलीको संशोधनहरूमा नियमनकारी निकायहरूबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।

बैङ्कको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ । यसका साथै आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । सभाले आव २०७८/०७९ को लागि लेखा परीक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

एभरेष्ट बैङ्क लिमिटेडले वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०७८/०८/१७ गते देखि मिति एक दिनका लागि शेयरघनी दर्ता किताब बन्द रहने जनाएको छ। यस अर्थ २०७७/०८/१६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x