रिलायबल नेपाल लाइफ र एनसीएचएलबिच सम्झौता, बिमा शुल्क अनलाइनबाटै तिर्न सकिने

ज्ञानमाण्डू।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल)सँग आबद्ध भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न उक्त संस्थासँग आबद्ध भएको हो । ग्राहकहरूको सुविधालाई ध्यानमा राखी भुक्तानी प्रणालीलाई सहज बनाउनका लागि यी दुई कम्पनीले सम्झौता गरेका हुन् ।


सम्झौतापत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट  सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स यस क्लियरिङ हाउसको सदस्यका रूपमा जोडिने पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएकाे छ ।


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीसँग आबद्ध भएपछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बिलहरू, भुक्तानी लिनुपर्ने रकमहरू र लगानी सम्बन्धी कारोबारहरू यस संस्थासँग आबद्ध भएका बैङ्क खाताहरूबाट सोझै गर्न सकिनेछ ।

यो प्रणालीमा आबद्ध भए लगत्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम) बिमा शुल्क पनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरू सोझै इन्स्योरेन्स कम्पनी तथा लाभ ग्राहिहरुका बैङ्क खाताहरूबाट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x