गरिमा विकास बैङ्कको नाफामा १२७.०५% काे वृद्धि, वितरण याेग्य मुनाफा कति ?

ज्ञानमाण्डू। गरिमा विकास बैङ्कको नाफा १२७.०५ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ८ कराेड १२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा बैंकले १८ कराेड ४४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको गरिमा विकास बैङ्कले ६४ अर्ब ७१ कराेड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ९८ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ र संचित मुनाफा ६६ कराेड ११ लाख रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५१.५८ प्रतिशतले बढेर ५६ करोड ४१ लाख रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ६६ कराेड रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.०४ प्रतिशत र प्रतिशेयर आम्दानी २० रुपैयाँ ७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा र पछिल्लाे काराेबार मूल्य रू ६२६ काे आधारमा मूल्य आम्दानी अनुपात ३१.१९ गुणा रहेकाे छ ।
garima bikas bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x