न्यादी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, हेर्नुहोस् पहिलो कारोबारको रेन्ज कति ?



ज्ञानमाण्डू।न्यादी हाइड्रोपावर लिमिटेडको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । मङ्सिर ८ गते बिहिबारका दिन नेपाल स्टक एक्सचेन्ज र न्यादी हाइड्रोपावर लिमिटेड बीच साधारण शेयर सूचिकरण गर्ने सम्झौता समपन्न भएको हो। 

नेप्सेले न्यादी हाइड्रोपावर लिमिटेडको पहिलो कारोबारका लागि न्यूनतम ९४ रुपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसासम्म रेन्ज तोकेको छ, अर्थात् सोही रेन्जभित्र रहेर न्यादी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पहिलो कारोबार हुने नेप्सेले जानकारी दिएको छ ।


'एनवाइएडिआइ'(NYADI) प्रतीक चिन्हमा न्यादी हाइड्रोपावर लिमिटेडको कारोबार हुनेछ । न्यादी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको चुक्ता पुँजीका आधारमा कायम एक करोड ५० लाख कित्ता शेयर बिहिबार नेप्सेमा सूचीकरण भएको हो ।

नेप्से र उक्त कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेन्जमा न्यादी हाइड्रोपावर लिमिटेडको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुने नेप्सेले जनाएको छ।   

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि २०७८ साल असोज १५ गतेदेखि २०७८ साल असोज १९ गतेसम्म प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको थियो।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x