एलआईसीको नयाँ बोनसदर सार्वजनिक, बीमितले न्युनतम रु.४५ देखि अधिकतम ७० रुपैयाँसम्म पाउने

Life Insurance Corporation Nepal


ज्ञानमाण्डू।लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमितले प्राप्त गर्ने बोनसदर घोषणा गरेको छ ।

इन्स्योरेन्सले सार्वजनिक गरेको बोनसदर अनुसार एलआईसीले जारी गरेका विभिन्न किसिमका बीमालेख योजनाहरूमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । इन्स्योरेन्सले गत कात्तिक ३० गते बीमा समितिबाट बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन स्वीकृत भए सँगै २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुमा उक्त अवधिको लागि प्रति वर्ष प्रति हजार बीमाङ्क रकमका आधारमा निर्धारण गरेको हो ।

  • सावधिक(३३३),जीवन बीद्या(३५२),जीवन साथी (३५७) बिमा योजना

यस बीमालेखको हकमा इन्स्योरेन्सले न्यूनतम प्रतिहजार ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । इन्स्योरेन्सले यस बिमा योजनामा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ,२५ देखि माथि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।


इन्स्योरेन्सले अग्रिम भुक्तानी सावधिक जीवन बीमायोजना अन्तर्गत सर्वाधिक १५ देखि १९ वर्ष अवधिको एक लाख ९८ हजार ८२५ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिका बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

  • जीवन आनन्द(३४२) बिमा योजना

जीवन आनन्द बीमालेखको हकमा इन्स्योरेन्सले न्यूनतम ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६२ रुपैयाँ, २५ देखि माथि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

इन्स्योरेन्सले सावधिक जीवन आनन्द बीमायोजना अन्तर्गत सर्वाधिक १५ देखि १९ वर्ष अवधिको एक लाख ३ हजार ९९५ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिका बीमितले प्रतिहजार ५८ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।


  • बाल सावधिक(३४९) बिमा योजना

बाल सावधिक बीमालेख योजनाको हकमा इन्स्योरेन्सले न्यूनतम ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले यस बीमालेख योजनामा ५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६८ रुपैयाँ र ३० देखि माथि अवधिको लागि प्रतिहजार ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

इन्स्योरेन्सले बाल सावधिक बीमालेख योजना अन्तर्गत सर्वाधिक १५ देखि १९ वर्ष अवधिको ४१ हजार ६१४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

  • धन वृष्टि(३५८) बिमा योजना

इन्स्योरेन्सले धन वृष्टि बिमा योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

  • धन फिर्ता(३३४,३३५,३३६,३३७,३३९,३४३) बिमा योजना

धन फिर्ता बीमालेख योजनाको हकमा इन्स्योरेन्सले न्यूनतम ५६ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले यस बीमालेख योजनामा १५ वर्ष अवधिको लागि प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

इन्स्योरेन्सले धन फिर्ता बीमालेख योजना अन्तर्गत सर्वाधिक १५ वर्ष अवधिको २३ हजार ४८ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

  • बाल ममता(३४०) र बाल स्नेह(३४१) बिमा योजना

बाल ममता र बाल स्नेह बीमालेख योजनाको हकमा इन्स्योरेन्सले न्यूनतम ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले यस बिमा योजनामा १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

इन्स्योरेन्सले बाल ममता र बाल स्नेह बीमालेख योजना अन्तर्गत सर्वाधिक १६ देखि २० वर्ष अवधिको १९ हजार १२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

  • जीवन तरंग(३४५) बिमा योजना

जीवन तरंग बीमालेख योजनाको हकमा इन्स्योरेन्सले न्यूनतम ५६ रुपैयाँदेखि ६७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले यस बिमा योजनामा १० वर्ष अवधिको लागि प्रतिहजार ५६ रुपैयाँ, १५ वर्ष अवधिको लागि ५८ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ६७ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

इन्स्योरेन्सले जीवन तरंग बीमालेख योजना अन्तर्गत सर्वाधिक २० वर्ष अवधिको १५ हजार ५५४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६७ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

  • जीवन बचत(३५९) बिमा योजना

जीवन बचत बिमा योजनाको हकमा इन्स्योरेन्सले न्यूनतम ४५ रुपैयाँदेखि ६६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले यस बिमा योजनामा ५ देखि ९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ, १० वर्षदेखि १४ वर्ष अवधिको बिमा योजनामा प्रतिहजार ४८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५७ रुपैयाँ र २५ वर्षभन्दा बढी अवधिको लागि प्रतिहजार ६६ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

इन्स्योरेन्सले जीवन बचत बीमालेख योजना अन्तर्गत सर्वाधिक २५ वर्षभन्दा माथि अवधिको ५४९ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६६ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x