एक्सेल डेभलपमेन्ट बैंकको लाभांश वितरण गर्ने प्रस्ताव कहिले हुँदै छ पारित ?



ज्ञानमाण्डू।एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण गर्ने हेतु आगामी २०७८ साल असोज १६ गते, शनिबारका दिन १५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । एक्सेल डेभलपमेन्ट बैंकको सो सभा बिहान ११:०० बजे पश्चात् सिद्धार्थ होटल, विर्तामोड, झापामा आरम्भ हुने बैंकले जानकारी दिएको छ। एक्सेल डेभलपमेन्ट बैंकको भाद्र २२ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

कम्पनीको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७७/०७८ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

कम्पनीको प्रमुख प्रस्ताव मध्य, सभाले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको आ.व. २०७६/७७ को संचित वितरणयोग्य मुनाफा बटा हाल कायम चुक्ता पुँजीको १२ % बोनस शेयर वितरण गर्ने तथा सोको कर प्रयोजनार्थ ५१ लाख २२ हजार ८७०.८९ रुपैँया नगद लाभांश वितरण गर्नेछ ।

यसका साथै विशेष प्रस्ताव तर्फ, एक्सेल डेभलपमेन्ट बैंकले अन्य कुनै संस्थाहरुसंग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने तथा प्रवन्धपत्र र नियमावलीको संशोधनहरुमा नियमनकारी निकायहरुबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

१५ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७८/०६/०१ गतेका दिनदेखि मिति २०७८/०६/१६ गतेका दिनसम्मका लागि संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०५/३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x