मर्जरकाे सँघारमा रहेका जनता र ग्लोबल आइएमई बैङ्कलाई दाँजेर हेर्दा

ज्ञानमाण्डू। नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाहरुको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी मर्जरमा जानलागेका ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भैसकेको छ । जनता बैंकको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ८५ कित्ता शेयर प्रदान गर्ने गरी १००:८५ शेयर स्वाप अनुपातमा मर्ज गर्ने सम्झौता भएको हो । यी दुबै बैंकहरुले आर्थिक वर्ष २०७६/०७७ को प्रथम त्रैमासको वित्तीय विवरण पनि प्रकाशित गरिसकेका छन्, त्यहिँ विवरणका आधारमा दुबै बैंकलाई तुलना गर्ने प्रयास गरिएको छ

चुक्ता पुँजी: जनता बैंकको ८ अर्ब ७ लाख ८५ हजार ९ सय २५ रुपैयाँ चुक्ता पुँजी रहेको छ भने ग्लोबल आइएमई बैंकको १० अर्ब ४३ करोड ६५ लाख १५ हजार ९ सय ५९ रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

निक्षेप संकलन: जनता बैंकले ७५ अर्ब ३ करोड ९० लाख ५१ हजार १ सय ७८ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ग्लोबल आइएमई बैंकले १ खर्ब २८ अर्ब ९९ करोड २ लाख ३३ हजार ३० रुपैयाँ निक्षेप संकलन गरेको छ । 

कर्जा लगानी: जनता बैंकले ६८ अर्ब ५९ करोड ८८ लाख ४२ हजार ४ सय ३ रुपैयाँ कर्जा लगानी गरेको छ भने कर्जा लगानीमा पनि  ग्लोबल आइएमई बैंकले १ खर्ब १८ अर्ब ४८ करोड ७१ लाख ८० हजार ३६३ रुपैयाँ कर्जा लगानी गरी जनता बैंक भन्दा अघि रहेको छ । 

खुद ब्याज आम्दानी: ग्लोबल आइएमई बैंकले जनता बैंकले भन्दा बढि खुद ब्याज आम्दानी गरेको छ। जनता बैंकले व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २५.४७ प्रतिशतले वृद्धि गरी ९९ करोड ७५ लाख ५९ हजार ६ सय ७६ रुपैयाँ पुर्याएको छ भने ग्लोबल आइएमई बैंकले खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले वृद्धि गरी १ अर्ब ५६ करोड ४७ लाख २७ हजार २७ रुपैयाँ पुर्याएको छ ।

नाफा: जनता बैंकले आर्थिक वर्ष २०७६/७७ को प्रथम त्रैमासमा ३६ करोड ६९ लाख नाफा कमाएको देखिन्छ भने ग्लोबल आइएमई बैंकले जनता बैंकले कमाएको नाफाको दुई गुणा भन्दा बढि ७५ कराेड ३१ लाख नाफा कमाएको देखिन्छ ।

जगेडा कोष र संचित मुनाफा: जनता बैंकको जगेडा कोषमा १ अर्ब ८५ करोड र संचित मुनाफा १ अर्ब १४ करोड रहेको छ भने ग्लोबल आइएमई बैंकको जगेडा कोषमा ४ अर्ब १ करोड र संचित मुनाफा २ अर्ब ८३ कराेड रुपैयाँ रहेको छ ।

निस्क्रिय कर्जा: जनता बैंकको निस्क्रिय कर्जा १ दशमलव ३३ प्रतिशत देखिन्छ भने ग्लोबल आइएमई बैंकको निस्क्रिय कर्जा ० दशमलव ८५ प्रतिशत देखिन्छ ।

प्रति शेयर आम्दानी: जनता बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँ ३४ पैसा छ भने ग्लोबल आइएमई बैंक प्रति शेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा सहित अघि छ ।

प्रतिशेयर नेटवर्थ: जनता बैंकको प्रति शेयर नेटवर्थ १३७ रुपैयाँ ५० पैसा छ भने ग्लोबल आइएमई बैंकको प्रति शेयर नेटवर्थ १६५ रुपैयाँ ७० पैसा छ ।

मूल्य आम्दानी अनुपात: दुवै बैंकको मूल्य आम्दानी अनुपात १२ गुणा भन्दा मुनी रहेको छ, जनता बैंकको ११.६६ गुणा छ भने ग्लोबल आइएमई बैंकको १०.२२ गुणा छ ।

As on Quarter ended 30th Ashwin 2076 BS 

Particulars
Janata Bank Nepal
Global IME Bank
Share Capital
Rs 8,00,07,85,925
Rs 10,43,65,15,959

Deposit from Customers
Rs 75,03,90,51,178
Rs 1,28,99,02,33,030
Loans and Advance to Customers
Rs 68,59,88,42,403
Rs 1,18,48,71,80,363
Net Interest Income
Rs 99,75,59,676
Rs 1,56,47,27,027
Profit or Loss for the period
Rs 36,69,21,250
Rs 75,31,44,332
Reserves
Rs 1,85,45,68,714
RS 4,01,32,26,518
Retained Earnings
Rs 1,14,57,60,818
Rs 2,83,76,90,127
Non-Performing Loan
1.33%
0.85%
Earnings Per Share
Rs 18.34
Rs 28.87
Net-worth Per Share
Rs 137.50
Rs 165.70
P/E Ratio
11.66 times
10.22 times

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x