मेगा क्यापिटल मार्केट्सको व्यवस्थापनमा सञ्चालित ‘मेगा म्युचुअल फण्ड-१' आजदेखि बिक्री खुला


ज्ञानमाण्डू। मेगा क्यापिटल मार्केट्स लिमिटेडले आज भाद्र ४ गतेदेखि ‘मेगा म्युचुअल फण्ड-१' नामक सामूहिक लगानी कोष बिक्री खुला गरेको छ। मेगा क्यापिटल मार्केट्सको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो भने यस इकाई कोषको प्रवर्द्धक मेगा बैङ्क लिमिटेड रहेको छ ।

मेगा क्यापिटल मार्केट्सले प्रतिइकाई १० रुपैयाँ अङ्कित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। दश वर्षे बन्द मुखी यस ‘मेगा म्युचुअल फण्ड-१' नामक योजना अन्तर्गत निष्कासन गरिएको कुल इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक मेगा बैङ्क लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त फन्डमा न्यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।

म्युचुअल फण्ड बिक्री छिटोमा भाद्र १० गतेसम्म बन्द हुने गरी तोकिएको छ । यस्तै, पर्याप्त आवेदन प्राप्त नभए उक्त म्युचुअल फण्डको बिक्री ढिलोमा भाद्र १८ गते सम्म लम्बिने छ । 

‘मेगा म्युचुअल फण्ड-१' नामक यस सामूहिक लगानी कोषको इकाईमा लगानीकर्ताहरूले ढिलोमा भाद्र १० गते साँझ कार्यालय समय सम्ममा आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत आवेदन दिई सक्नुपर्नेछ ।

योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई मिति २०७८/०१/०७ मा ईक्रा नेपाल लिमिटेडबाट “[ICRANP] AMC Quality 3 (AMC3)” रेटिङ्ग गरेको छ। उक्त रेटिङ्गले "Adequate assurance on management quality" भन्ने आधार जनाउँदछ  र उक्त रेटिङ्ग मिति २०७९/०१/०६ सम्म बहाल रहनेछ ।

त्यस्तै, कोष प्रवर्द्धक मेगा बैङ्क लिमिटेडलाई इक्रा नेपाल लिमिटेडले “[ICRANP-IR] BBB+" (pronounced ICRA NP issuer rating triple B plus)  रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले moderate degree of safety regarding the timely servicing of financial obligations भन्ने आधार जनाउँदछ र उक्त रेटिङ्ग मिति २०७९/०५/०४ सम्म बहाल रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x