२ अर्ब अधिक वितरण याेग्य मुनाफा कमाएको एभरेष्ट बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। एभरेष्ट बैङ्कको नाफा २७.३४ प्रतिशतले घटेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ५१ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले १ अर्ब ८२ करोड रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

८ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एभरेष्ट बैङ्कले १ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ११ अर्ब ७५ करोड रुपैयाँ र संचित मुनाफा २ अर्ब ३६ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २५.४३ प्रतिशतले घटेर ३ अर्ब ९६ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफा २ अर्ब ३६ कराेड रुपैयाँ रहेकाे छ अर्थात एभरेष्ट बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट २६.५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.१२ प्रतिशत र प्रतिशेयर आम्दानी २० रुपैयाँ ४६ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ५८ पैसा र पछिल्लाे काराेबार मूल्य रू ७६८ काे आधारमा मूल्य आम्दानी अनुपात ३७.५४ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x